परालमा आगो लगाउने युवाहरु प्रहरीको नियन्त्रणमा

तुलसीपुर
१६ कात्तिक / दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ गहतेमा परालमा आगो लगाउने युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

करिब २१ कठ्ठाको खेतको करिब १२० भारी परालमा आगलागी भएको हो । गहतेका दिननाथ भट्टराई र जय बहादुर वलीको खेतमा राखिएको परालमा आगो लगाईएको थियो ।


आगो लगाउने युवाहरुलाई गाउँलेले नियन्त्रणमा लिएर बेलुवा प्रहरी चौकीमा बुझाएका हुन् ।