तुलसीपुरमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

तुलसीपुर, २९ बैशाख ।  तुलसीपुरमा अटो दुर्घटना हुँदा  एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अटो चालक तुलसीपुर–३ पैयाँखोरे निवासी जिवन घर्ती रहेको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार तुलसीपुरबाट पैयाँखोरेतर्फ जादै गरेको रा १ ह ५७६९ नम्बरको अटो पैयाखोरमा अनियन्त्रित भएर पल्टिदा दुर्घटना भएको अनुमान गरिएको छ । दुर्घटनाको बारेमा थप विवरण आउन बाँकी छ ।