राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले दिइन् राजीनामा

काठमाडौं,१५ चैत्र ।
राष्ट्रिय सभा उपाध्यक्ष पदबाट उर्मिला अर्यालले राजीनामा दिएकी छन् । अर्यालले बिहीबार राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालसमक्ष राजीनामा पत्र बुझाएकी हुन् । नेकपा (माओवादी केन्द्र) बाट दाहाल गत फागुन २९ गते राष्ट्रिय सभा अध्यक्ष निर्वाचित भएकी थिइन् । उपाध्यक्ष अर्याल पनि माओवादीबाटै २०७९ माघ २३ गते उपाध्यक्ष बनेकी थिइन् ।


अहिलेको सत्ता गठबन्धन दलहरूबीच राष्ट्रिय सभा अध्यक्ष माओवादीले लिने र उपाध्यक्ष अन्य दलले लिने सहमति भएपछि अर्यालको राजीनामा आएको हो । सुरूमा उपाध्यक्ष एमालेले लिने दलहरूबीचको सहमति पत्रमा उल्लेख भए पनि नेकपा (एकीकृत समाजवादी) लाई गठबन्धनमा ल्याउँदा उक्त बुँदा हटाइएको थियो।