अखिल नेपाल यातायात मजदुर सघं दाङद्वारा नि:शुल्क स्वास्थ्य शिविर

दाङ, १३ चैत ।
अखिल नेपाल यातायात मजदुर संघ जिल्ला समिति, दाङले तुलसीपुर बसपार्कमा नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम गरेको छ । राष्ट्रिय प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ नगर कमिटी तुलसीपुर, दाङकाे सहयोगमा “श्रमको सम्मान श्रमिकको स्वाभिमान श्रमिकसँग संघठन २ महिने अभियान ” भने मुल नाराका साथ स्वास्थ्य शिविर गरिएको हाे ।

अखिल नेपाल यातायात मजदुर संघका केन्द्रीय उप-महासचिव घनश्याम डाँगीकाे प्रमुख अतिथि तथा राष्ट्रिय प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ नगर कमिटी तुलसीपुरका अध्यक्ष शेरबहादुर बुढाकाे बिशिस्ट अतिथिमा कार्यक्रम भएको हाे । प्रमुख अतिथि घनश्याम डाँगीले यातायात मजदुरहरूलाई स्वास्थ्य चेकजाँच नियामित गर्नुपर्ने भएको हुदा तुलसीपुर बसपार्क क्षेत्रमा नि:शुल्क स्वास्थ्य शिविर राखिएको जानकारी गराउनु भयो ।


कार्यक्रममा डाक्टर सन्देश लमसाल, जीवन खड्का लगाएत स्वास्थ्य कर्मीहरूकाे उपस्थिति थियो । मजदुर संघका कार्यसमिति पदाधिकारीहरूकाे उपस्थिति थियो । जिल्ला उपाध्यक्ष लेखराज वलीकाे अध्यक्षतामा भएको कार्यक्रमकाे सहजिकरण शेर सिङ डाँगीले गर्नुभएको हाे ।