मुहानमा खानेपानी दिवस

दाङ,९ चैत । दाङको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले मुहानमै ३२ औं विश्व खानेपानी दिवस मनाएको छ । शुक्रबार परेको दिवसका अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ स्थित बाख्रे मुहानमा गएर खानेपानी दिवस मनाएको हो । मुहान संरक्षणकालागि प्रत्येक बर्ष मुहानमै पुगेर दिवस मनाउने गरिएको अध्यक्ष यमकान्त भण्डारीले बताए ।“मुहानको अबस्था बुझ्न र त्यसलाई संरक्षण गर्नकालागि हामी मुहानमै गएर दिवस मनाउने गरेका छौं”,उनले भने“यो बर्ष पनि हामीले मुहानमै पुगेर कार्यक्रम ग¥यौं ।

पछिल्लो समय पानीका मुहान पनि सुक्दै जादा खानेपानीको हाहाकार मच्चिने गरेको भन्दै मुहान संरक्षण गर्न यसरी कार्यक्रम गर्नु सकारात्मक भएको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले बताए । “पानीका मुहान संरक्षण गर्नु हामी सबैको दायित्व हो, तर, मुहान संरक्षणमा कसैको पनि चासो जाने गरेको पाइदैन”,उनले भने“अब हामीले मुहान संरक्षणलाई बिशेष ध्यान दिनुपर्छ ।”

अध्यक्ष भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्र तुलसीपुर नगर अध्यक्ष खुसीराम चौधरी, काँग्रेसका प्रदेश सदस्य मदन धिताल, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, संस्थाका सल्लाहकार जनक खराल, राष्ट्रिय स्वतन्त्र पार्टीका मेघराज केसी, राप्रपाका श्रीमनी न्यौपाने, जसपाका टोपबहादुर महतारा, क्रान्तिकारी माओवादीका मनबहादुर वली, पत्रकार बंशीकुमार शर्मा, पार्सद जितबहादुर खड्का, रञ्जन कुमार गौतम, नोखी रावतलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
कोषाध्यक्ष भोला थापाले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण सचिब सेवकराम भण्डारीले गरेका थिए । सोही अवसरमा सल्यान स्थित धैरेनी मुहानको सरसफाई गरिएको थियो ।


संस्थाका विभिन्न ७ वटा मुहान छन् । सचिब सेवकराम भण्डारीका अनुसार मुलकोट, राम्री, चिसापानी, धैरनी, बाख्रे, छरछरे, पहर र लाहुरे चौरमा पानीका मुहानहरु छन् । ति मुहानहरुमा बैशाख जेठतिर विस्तारै पानी कम हुँदै जाँदा पानी पु¥याउन हम्मे–हम्मे पर्ने गरेको छ । त्यस्तै संस्थाका ८ वटा भूमिगत मुहानहरु छन्, ३ वटा सम्पवेल छन् । हाल संस्थाका ८ हजार बढि उपभोक्ता छन् । जसले तुलसीपुरका ९ वटा वडालाई खानेपानी पु¥याउँदै आएको छ ।