तुलसीपुरमा‘ गोल्डस्टार’को आधिकारिक विक्रेता

तुलसीपुर
१० असोज / दाङको तुलसीपुरमा ‘गोल्डस्टार’को आधिकारिक विक्रेता सुरु भएको छ । सोमबारदेखि विक्रेता सुरु भएको छ । नेस्नल फुटवेयरले तुलसीपुर ५ विपी चोकबाट विक्री सुरु गरेको हो ।

                   

उक्त कार्यको तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले उद्घाटन गरेका हुन् । करिब ५० लाखको लागतमा चन्द्रप्रकाश शर्मा,शेसकान्त ढकाल,शसिकिरण ढकालले उक्त फुटवेयर सञ्चालनमा ल्याएका हुन् । फुटवेयरको प्रोप्राईटरमा शर्मा, सञ्चालकमा शेसकान्त र प्रबन्धकमा शसिकिरण रहेका छन् ।

अब तुलसीपुरबाट गोल्डस्टारका जुता, चप्पल उपलब्ध हुनेछन् । सञ्चालक शेसकान्तका अनुसार तुलसीपुरमा सस्तो मूल्यमा उक्त सामग्री उपलब्ध गराउन लागिएको हो ।


त्यस अवसरमा तुलसीपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मिनराज भण्डारी, माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार कमिटि सदस्य शेसुराम भण्डारी, नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन तुलसीपुरका महासचिब बसन्त भण्डारी, नेपाल औषधी थोक ब्यबसायी संघका केन्द्रीय सदस्य शरदराज शर्मा, तुलसीपुर चेम्बर अफ कमर्शका सदस्य दुर्गा शर्मा, तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका उपाध्यक्ष सीताराम शर्मा, तुलसीपुर उद्योग बाणिज्य संघका सदस्य सन्दिपन रिजाल, दिपेश भण्डारी, तुलसीपुर उद्योग बाणिज्य संघका सल्लाहकार अनुप कुमार श्रेष्ठलगयतको सहभागिता रहेको थियो ।

गोल्डस्टार नेपाली उत्पादन हो । सबै भन्दै धैरै गोल्डस्टारको विदेश निर्यात हुन्छ । ७०० करोड मध्ये एकसय करोड भारत निर्यात हुन्छ, भने मलेसिया,ओमन, कतार, अमेरिका, जापान,अष्ट्रेलियालगायतमा निर्यात हुने गरेको छ ।