तुलसीपुरमा हाईप्रोफाईलका जुवाडे पक्राउ

दाङ
१२ कात्तिक /  दाङको तुलसीपुरबाट ‘हाईप्रोफाईल’का जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार दिपेन्द्र गिरी‘दिपु’,मिनकेतन गिरी,सुरेन्द्र हमाल,विवेक मल्ल, दिगम्बर गिरी,मानबहादुर रावतलगायत ८ जना पक्राउ परेका हुन् ।

पक्राउ परेकाहरुमा सञ्चार उद्यमी तथा एमाले र काँग्रेसका जिल्ला स्थित नेताहरु पनि छन् । ति मध्ये केही पटक–पटक जुवाको खालबाट पक्राउ परेका व्यक्तीहरु रहेको समेत प्रहरीले बताएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित रजौराबाट उनीहरुलाई पक्राउ गरिएको हो ।


उनीहरूको साथबाट एक लाख ९८ हजार २ सय रूपैयाँ र कौडा बरामद गरिएको छ । उनीहरुलाई शुक्रबार अपरान्ह पौने ४ बजेतिर पक्राउ गरिएको हो ।