लुम्बिनीमा गरीबीको दर घट्यो

मन बहादर बुढाथोकी
तुलसीपुर,१५ फागुन ।
लुम्बिनी प्रदेशमा पछिल्लो चार वर्षमा गरीबीको दर घटेको छ । प्रदेश योजना आयोगका सदस्य सरोज खनालका अनुसार पछिल्लो चार बर्षमा गरिबीको दर घटेको हो । आर्थिक बर्ष २०७५/०७६ मा २९.९ रहेको गरीबिका दर आर्थिक बर्ष २०७९/०८० सम्म १८.२ प्रतिशतमा झरेको उनले बताए । साथै चालु आर्थिक बर्ष २०८०/०८१ मा १५ प्रतिशतमा झार्ने लक्ष्य रहेको सदस्य खनालले बताए ।

साथै पछिल्लो चार वर्षमा ३ प्रतिशतले बेरोजगारी दर घटेको छ । अघिल्लो आर्थिक वर्षसम्म मुलुकमा बेरोजगारी दर ८.१ प्रतिशत रहेको छ । चार वर्ष अघि ११.२ प्रतिशत थियो । लुम्बिनीमा बनाईएको आबधिक योजनाको समीक्षा गर्दा यस्तो देखिएको सदस्य खनालले बताए । उनका अनुसार प्रतिब्यक्ती आय पनि बढेको छ । चार वर्ष अघि आठ सय ३ अमेरिकी डलर प्रतिब्यक्ती आय रहेकोमा अघिल्लो आर्थिक वर्षसम्म एक हजार एक सय २६ पुगेको छ । चालु वर्षमा एक हजार ६ सय पु¥याउने लक्ष्य रहेको छ ।


कुल ग्रहस्त उत्पादन भने घटेको छ । आर्थिक वर्ष २०७५/०७६ मा ७.४ प्रतिशत रहेको कुल ग्रहस्त उत्पादन घटेर अघिल्लो वर्षसम्म २.२३ प्रतिशत पुगेको छ । जन्मदाको अपेक्षित आयु ६८ वर्ष बढेको छ । चार वर्ष अघि ६९ वर्ष थियो । त्यस्तै साक्षरता दर पनि बढेको छ । चार वर्ष अघि ५८ प्रतिशत रहेकोमा अघिल्लो वर्षसम्म ७३ प्रतिशत पुगेको छ । अहिलेसम्म ९० प्रतिशतमा खानेपानीको पहुँच पुगेको छ, भने ९६ प्रतिशतमा विद्युतका पहुँच पुगेको छ ।

अहिले दोस्रो पञ्चबर्षिय आवधिक योजना बनाउने तयारीमा रहेको उनको भनाई छ । पहिलो पञ्चवर्षिय याजनाको अवधी आर्थिक वर्ष २०७५/०७६ देखि २०८०/०८१ सम्म रहेको छ । साभारः अग्रिम साप्ताहिक