माओवादी केन्द्रले ग¥यो सामुदायिक भवनमा श्रमदान

तुलसीपुर, २२ जेठ । माओवादी केन्द्रले सामुदायिक भवनमा श्रमदान गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ मा निर्माण भइरहेको सामुदायिक भवनमा माओवादी केन्द्र तुलसीपुर ५ सहित ६,८,९ र १८ ले श्रमदान गरेका हुन् ।


पार्टीका तुलसीपुर ५ का इन्चार्ज बेद प्रसाद वलीका अनुसार आफ्नो वडामा निर्माण हुन लागेको भवनलाई समयमै सम्पन्न गर्न ढलानकालागि श्रमदान गरेको बताए ।

सबै तहका पार्टीका नेताहरुले श्रमदानमा सहभागिता जनाएका थिए ।