तुलसीपुर, ९ फागुन ।
दाङमा बलेरो र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक रोल्पाको त्रिवेणी गाउँपालिका–५ निवासी २१ वर्षका विवेक पुन र सोही ठाउँ निवासी मोटरसाइकलको पछाडि सवार २४ वर्षका नेत्र भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनक बहादुर मल्लले जानकारी दिनुभएको छ ।
रा ५ प ५४५३ नम्बरको मोटरसाइकल र बा २ झ ३६५२ नम्बरको बोलेरो पिकअप जिप बुधबार बिहान ६ बजे तुलसीपुर–घोराही सडक खण्डको सर्रामा ठोक्किए पछि उक्त दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका पुन र भण्डारीको उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा बिहान पौने ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । गाडी चालक रोल्पाको त्रिवेणी गाउँपालिका– २ निवासी २९ वर्षका निर्मल बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लाइभदाङ । ९ फाल्गुन २०८०, बुधबार १३:३३ बजे