अमर माविले मनायो ५६औं वार्षिकोत्सव

तुलसीपुर, ७ फागुन ।
तुलसीपुर–११ स्थित अमर माध्यमिक विद्यालय उरहरीमा ५६औं वार्षिक उत्सव तथा अभिभावक भेला समारोह सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होताराम बस्नेतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरका नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यता एवं निवर्तमान उपप्रमुख माया आचार्य र वडा नम्बर ११ का वडाध्यक्ष मान बहादुर रावतको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी खड्काले सामुदायिक विद्यालयलाई उत्कृष्ट बनाउन लाग्नुपर्ने बताएका थिए । हाल विद्यालयले शैक्षिक तथा भौतीक रुपमा राम्रो प्रगती गरेकोमा प्रसंशा गर्दै अभिभावकको मन जित्नेगरि उत्कृष्ट शिक्षा दिन तर्फ सबैको ध्यान जान आवश्यक ।रहेको बताएका थिए । कार्यक्रममा निवर्तमान उपप्रमुख माया आचार्यले तुलसीपुर देखि दक्षिणी भेगमा अवस्थित विद्यालयलाई शैक्षिक केन्द्रका रुपमा विकास गर्नतर्फ अभिभावक तथा स्थानीयको सक्रियता हुनुपर्ने बताइन ।

कार्यक्रममा वडा नम्बर ११ का वडाध्यक्ष मान बहादुर रावतले विद्यार्थी भर्ना हुने तर विचमा छाड्ने प्रबृक्ति रोकेर विद्यार्थीलाई विद्यालयका टिक्ने बनाउनुपर्ने बताए । उनले यसका लागि विद्यार्थी, शिक्षक र अभिभावकका विचमा निरन्तर छलफल तथा भेटघाटले सार्थकता पाउने बताएका थिए । कार्यक्रममा विद्यालयको प्रतिबेदन प्रस्तुत गर्दै प्रधनाध्यापक पदम बहादुर वलीले शैक्षिक विकासको लागि सबै संग सहकार्य गर्दै अघि बढ्ने बताएका थिए ।


विद्यालयका शिक्षक देव बहादुर वलीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा शिक्षा महाशाखा तुलसीपुरका प्रमुख चक्र बहादुर भण्डारी,पुर्व विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लोजंग शाह,टेक बहादुर केसी, वडा नम्बर १२ का अध्यक्ष खुसीराम चौधरी, पुर्व प्रधानाध्यापक पदम प्रसाद न्यौपाने, कांग्रसका हेम बहादुर वली,पुर्व शिक्षकहरु लेखराज बस्नेत,नारायण प्रसाद भण्डारी, आवि कटाहाका प्रअ टंक भण्डारी लगायतले बोलेका थिए । कार्यक्रममा बोल्ने बक्ताहरुले शिक्षा सुधारको लागि सबै हातेमालो गरि अघि बढ्नुपर्ने बताएका थिए ।

कार्यक्रममा शै.स.२०८० मा भर्ना अभियान सफल पार्न बालबालिकालाई सुरुमा भर्ना गर्ने अभिभावक र विद्यालय धेरै पठाउने अभिभावकलाई सम्मान तथा बालबालिकालाई पुरस्कार प्रदान गरिएको थियो । यस्तै, विदाई भएर जानुभएका ६ जना शिक्षक र चन्दादातालाई सम्मान समेत गरिएको थियो । त्यसैगरी वार्षिकोत्सवको अवसरमा फागुन ३ गते देखि सुरु भएको खेलकुद सप्ताहमा एथलेटिक्ससगैं फुटवल,क्रिकेटमा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीलाई मेडल प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यसैगरी सदन तर्फ प्रथम हुने धौलागीरी सदन र द्धितीय हुने अन्नपुर्ण सदनलाई ट्रफि समेत प्रदान गरिएको थियो । त्यसैगरी अतिरिक्त क्रियाकलाप र २०७९ को नतिजामा प्रथम, द्धितीय र तृतीय हुनेलाई प्रमाण पत्र र नगद पुरस्कार समेत प्रदान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजिकरण शिक्षकद्धय यज्ञ बहादुर अधिकारी र निर्मल कुमार वलीले गरेका थिए ।