दाङमा विवाह मण्डपबाटै दुलाह–दुलही पक्राउ

घोराही, ३ माघ ।
दाङमा बाल बिवाह गरेको आरोपमा एक जोडीलाई पक्राउ गरेको छ । प्रहरीले घोराहीको लेटार जनकपुरबाट बिवाह मण्डपबाटै दुलहा दुलहीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलिले बाल बिवाह गरेको भन्दै दुलहि र दुलाहलाई नियन्त्रणमा लिएको हो ।


प्रहरीले मुद्धा दर्ता गर्ने तयारी गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता राजन गौतमले बताउनुभयो । १७ बर्षिय बालिकालाई बिहे गर्ने दुलाहासहित दुलहीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । प्रहरीले पक्राउ परेकाहरुको नाम सार्वजनिक गरिएको छैन् ।