होटेलमा भएको आगलागीले क्षति भएपछि आर्थिक सहयोग

तुलसीपुर, ६ फागुन । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ बसपार्कमा रहेको मध्यपश्चिम सल्यानी गेष्ट हाउसलाई आर्थिक सहयोग गरिएको छ ।

उक्त होटेलमा ग्यास लिग भइ आगलागी भएर क्षति भएपछि तुलसीपुर होटेल ब्यबसायी समितिले आर्थिक सहयोग गरेको हो । गएको माघ २२ गते क्षति भएपछि समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेतसहितको टोली पुगी सात हजार पाँच सय ५५ रुपैया सहयोग गरिएको हो ।

उक्त रकम अध्यक्ष बस्नेत तथा सल्लाहकार नेत्रलाल वलीले होटल संचालककी श्रीमती मुनकुमारी वलीलाई हस्तान्तरण गरेका हुन् । त्यस अवसरमा सल्लाहकार वलीले २०५४ सालमा दर्ता भएको संस्थाले व्यवशायीहरुको समस्यालाई मध्यनजर गरी व्यवशायीहरुको पीर मर्कामा यो कार्य समितीले मलम लगाउने कार्य गरेको बताए ।


साथै उनले यस्ता कार्यलाई निरन्तरता दिन पनि सुझाब दिए । कार्यक्रममा माछापुच्छे टोल बिकास संस्थाका अध्यक्ष तोभान केसी, सचिव प्रकाश वली र सोही क्षेत्रका व्यवशायी दुर्गा बहादुर भण्डारीको आथित्यतामा संचालनमा आएको थियो ।

समितिका उपाध्यक्ष दोर्ण आचार्यले स्वागत मन्तव्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण समितिका सचिव तुफान केसीले गरेका थिए ।