ढक्या बुन्न सिक्दै थारु महिला

दिप्तीशिखा चौधरी,

दंगीशरण,२५ फागुन ।
दंगीशरण गाउँपालिका वडा न. ५ मा काँस मुँजजन्य (ढक्या)बुनाई तालीम आज देखि सुरु भएको छ । थारु सस्ंकृती र परम्परालाई उत्पादन गरि वजारीकरण गर्ने र महिलाहरुलाई उधमशिल बनाउँने उद्धेश्य अनुरुप तालीमको आयोजना गरिएको हो । दाङ हस्तकला संघको आयोजना तथा वडा न. ५ को सहयोगमा १० दिने तालीमको आयोजना गरिएको हो ।


उद्घाटन तालीममा कार्यक्रमका प्रमुख अतीथी तथा वडा न. ५ का वडा अध्यक्ष दिपक गौतमले थारु महिलाहरुले दैनीक प्रयोगमा ल्याउँने हस्तनिर्मीत वस्तुहरुको प्रवद्धन गर्ने र महिलाहरुलाइ सिप सिकाइृ ब्यवसायीक बनाृँने योजना अनुरुप यस कार्यक्रमको आयोजना गरिएको बताउँनुभयो । साथै यस तालीम प्राप्त गरिसकेपछि यसलाइृ दिगो रुपमा लैजानका लागि आग्रह समेत गर्नुभयो । “हामी वडामा रहेका हरेक नागरीकहरुको जिवन स्तर उठेको हेर्न चाहन्छौ त्यसैले यस वडालाई राम्रो बनाउँन यस वडाका नागरीकहरु पनि हरेक कार्यमा सक्रिय तरीकाले लाग्न जरुरी छ ।” वडा अध्यक्ष गौतमले भन्नुभयो ।

वडा सचिव प्रेम प्रकास चौधरीको स्वागत मन्तब्य बाट सुरु भएको उद्घाटन तालीमको शहजीकरण गाउँपालिका प्रेस संयोजक दिप्तीशिखा चौधरीले गर्नुभएको थियो । १० जना थारु महिलाहरुको सहभागिता रहेको तालीमको प्रशिक्षकमा पार्वती चौधरी रहनुभएको छ । दाङ हस्तकला संघका महासचिव ज्योती प्रशाद चौधरीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।