तुलसीपुर,२७ माघ । दाङमा जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । शनिबारदेखि दाङमा सुरु भएको प्रतियोगिताको लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले उद्घाटन गर्नुभएको हो ।
त्यस अवसरमा उहाँले खेलले राष्ट्रलाई चिनाउने भन्दै खेल क्षेत्रलाई मर्यादित र ब्यबस्थित गर्न आबश्यक रहेको बताउनुभयो । उहाँले खेल क्षेत्रको विकासकालागि प्रदेश सरकार दत्तचित्त रहेको समेत बताउनुभयो । प्रतियोगितामा दाङका १० वटा पालिकाका खेलाडी सहभागि छन् । विगतमा विद्यालयका तर्फबाट सहभागि हुने गरेका थिए ।
तर, यस बर्ष पालिका–पालिका बीच नै प्रतिस्पर्धा हुने भएको छ । जिल्ला खेलकूद विकास समितिका अध्यक्ष राजु हमालका अनुसार तेक्वान्दो, कराते, एथ्लेटिक्स, भलिबल, कबड्डी, उस्सु खेलमा प्रतिस्पर्धा हुनेछन् । शनिबारदेखि सुरु भएको खेल माघ २९ गतेसम्म चल्नेछन् । बेलझुण्डी स्थित रंगशालामा खेलकूद प्रतियोगिता भइरहेका छन् ।
जिल्ला खेलकूद विकास समितिका सदस्य नोखी रावतले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण कोषाध्यक्ष ध्रुब आचार्यले गर्नुभएको थियो ।
लाइभदाङ । २७ माघ २०८०, शनिबार १८:२२ बजे