स्थापना दिवसमा रक्तदान कार्यक्रम

बिशाल विश्वकर्मा,
तुलसीपुर, ४ माघ ।
दाङ तुलसीपुरमा रहेको राइजिङ टुगेदर मिडिया प्रालि द्वारा सन्चालित सिएनटीप्रेस डटकमले आफ्नो पहिलो स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाएको छ । माघ २ र ३ गते नेपाल रेडक्रस सोसाइटी तुलसीपुर शाखाको भवनमा २ दिने आधारभूत पत्रकारिता तालिम सञ्चालन गरे पश्चात आज बिहीवार रक्तदान कार्यक्रम गरी स्थापना दिवस मनाएको हो ।
पछिल्लो समय तुलसीपुर स्थित नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र तुलसीपुरमा रगत अभाव भएको कारण रक्तदान कार्यक्रम गरिएको सिएनटी प्रेसका प्रमुख / सम्पादक सागर सुबेदीले बताउनुभयो ‌।
तुलसीपुर उपमहानगरपालिका वडा नं.१६ का वडा अध्यक्ष तथा तुलसीपुर उपमहानगरपालिकाका खेलकुद संयोजक शिवानन्द डिसीको प्रमुख आतिथ्यमा सम्पन्न रक्तदान कार्यक्रममा प्रमुख अतिथि डिसीले समाज परिवर्तनको पक्षमा काम गर्ने समाचार संस्थाले यस्ता सामाजिक कार्यका लागि पनि कार्यक्रम आयोजना गरी समाज/राष्ट्रको लागि हित हुने काम गर्नु गर्व को कुरा रहेको बताउनुभएको थियो ।
कार्यक्रममा अतिथिहरु नवराज गौतम, नवराज सुवेदी, देवेन्द्र कालाथोकी, वंशीराज शर्मा,प्रेम वली लगायतको उपस्थिती रहको थियो भने २ दिने आधारभूत पत्रकारिता तालिम सञ्चालकका प्रशिक्षकहरु बसन्त पौडेल,जित सागर जि एम,मदन बि क, राकेश बस्नेत, दिपक बोहोरा, सुमन के सी,यज्ञ बहादुर बुढालाइ कदर पत्र सहित सम्मान गरिएको थियो ।
२०७९ माघ ४ गतेबाट सञ्चालनमा आएको सिएनटी प्रेस डट आजको दिन देखि पहिलो वर्ष पार गर्दै दोस्रो वर्षमा प्रवेश गरेको हो ।