तुलसीपुरको प्लाष्टिक गोदाममा लागेको आगो नियन्त्रणमा

तुलसीपुर, १ माघ । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ को कार्यालय नजिक रहेको एक प्लाष्टिक गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ । प्रमोद सोनीले सञ्चालन गर्दै आएको प्लाष्टिकको गोदाममा १० बजेतिर नियन्त्रणमा आएको हो । सोमबार साँझ आगलागी भएको हो ।

आगलागीबाट गोदममा रहेका सम्पुणर् सामान जलेर नष्ट भएको छ । प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका हुन् ।


इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लका अनुसार क्षतिको विवरण आएको छैन ।