दाङमा भित्र्याउने तयारी रहेकाे २५ प्रतिशत धान वालीमा क्षति

दाङ, १ कात्तिक । अविरल बर्षालृ दाङमा भित्र्याउने तयारी अबस्थामा रहेकाे धानवालीमा क्षति पुर्‍याएकाे छ । धान भित्रयाउनकालागि काटेर तयारी अबस्थामा राखेकाे धान डुवानमा परेर क्षति पुगेकाे छ । शान्तिनगर ६ देवीपुरका किसान कृष्ण चाैधरीका अनुसार धान भित्र्याउनकालागि काटेर खेतकाे डिलमा राखिएकाे धानलाई डुबाउदा क्षति पुगेकाे हाे ।
दाङकाे शान्तिनगर गाउँपालिका वडा नं. ६ देवीपुरमा लगाएकाे करिब ८० विघा क्षत्रफलमा लगाएकाे धान खेतिमा क्षति भएकाे छ । बंबई नदी र लङगेह्वावा नदी खेतमै पसेकाे हाे ।

जिल्लामा धान भित्र्याउनकालागि करिब २५ प्रतिशत किसानले धान काटेका थिए । ती मध्ये अधिकांस धानमा क्षति पुगेकाे जिल्ला कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी रुद्र पौडेलले जानकारी दिए । क्षतिको पूर्ण बिवरण भने अझ‌ै आईसकेकाे छैन ।


जिल्लाका दश वटै पालिकामा क्षति भएकाे जानकारी आएपनि पूर्ण विवरण भने आउन बाँकी रहेकाे र सबै पालिकाका कृषि इकाइहरुमा बर्षाले धानबालिमा पुगेको क्षतिको बिवरण संकलन गर्न आग्रह गरिएको उनले बताए ।
बर्षा जारी रहेका कारण क्षतिको बिवरण कतैबाट पनि आइ नसकेको सूचना अधिकारी पौडेलकाे भनाइ छ । याे बर्ष मात्रै दाङमा ३९ हजार हेक्टरमा धानखेति भएको थियाे ।