तुलसीपुर, २२ पुष ।
विज्ञान शिक्षक समाज नेपालको पश्चिम क्षेत्र स्तरीय समिति दाङ को प्रथम अधिवेशन सम्पन्न भएको छ । शनिबार तुलसीपुर उपमहानगरपालिकामा रहेको ग्रेट अरनिको प्राङ्गनमा सम्पन अधिवेशनले रुपेश गुप्ताको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ।
समितिको उपाध्यक्षमा नारायण बस्नेत, सचिवमा दीपक ओली, सह सचिवमा सुशील गिरी र कोषाध्यक्षमा शरद देवकोटा चयन हुनुभएको छ । पश्चिम क्षेत्र स्तरीय समितिमा बबई, शान्तिनगर, दंगीशरण र तुलसीपुरका मावि तहका बिज्ञान शिक्षकहरु आबद्ध रहेका छन ।
विज्ञान शिक्षक समाज नेपालको पश्चिम क्षेत्र स्तरीय समितिका अध्यक्ष नारायण भट्टराईको अध्यक्षता तथा विज्ञान शिक्षक समाज नेपालका केन्द्रीय बरिष्ठ उपाध्यक्ष विकास गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा गिरिराज लम्साल, भोजराज न्यौपाने, विष्णु भण्डारी, मानबहादुर बस्नेत, विष्णु देवकोटा लगायतकाले बोल्नुभएको थियो ।
विज्ञान शिक्षक समाज नेपालको पश्चिम क्षेत्र स्तरीय समितिका उपाध्यक्ष थानेश्वर आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको अधिवेशनको सहजीकरण विज्ञान शिक्षक समाज नेपालको पश्चिम क्षेत्र स्तरीय समितिका सचिव रुपेश गुप्ताले गर्नुभएको थियो ।
लाइभदाङ । २२ पुष २०८०, आईतवार १०:५१ बजे