बुटवल, २० पुस ।
राष्ट्रियसभा सदस्य निर्वाचनको लागि नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले प्रदेशबाट ६ जनालाई सिफारिस गरेको छ । ६ जनामा तीन पुरुष र तीन महिला छन् ।
पार्टी प्रदेश कमिटीको सचिवालय बैठकले पाल्पाका झपेन्द्र जीसी, कपिलवस्तुका सफर अलि मिया र शारदा शर्मा, बर्दियाकी कृष्णकुमारी गुरुङ, दाङकी तुलसा केसी र बाँकेकी एकमाया विश्वकर्मालाई सिफारिस गरिएको एमाले प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले बताए ।
नेकपा एमालेका कुमार दशौंदी र नेपाली कांग्रेसकी अनिता देवकोटाको पदावधि सकिन लागेकाले लुम्बिनी प्रदेशबाट २ सीटमा निर्वाचन हुँदैछ ।
लुम्बिनीमा एमालेसँग २ हजार ९८० मतभार छ भने नेपाली कांग्रेससँग ३ हजार १७९ र नेकपा माओवादी केन्द्रसँग १ हजार ३४३ मतभार छ । जसपासँग २७३, राप्रपासँग २६९, नेकपा एससँग ५३ र स्वतन्त्रसँग ५३ मतभार छ ।
लाइभदाङ । २० पुष २०८०, शुक्रबार १५:५० बजे