दंगीशरण १ फुर्केशल्लिमा नेपाल टेलिकमको टावर निर्माण कार्यको सिलन्यास

दंगीशरण, १० पुष ।

दंगीशरण गाउँपालिका वडा न. १ को दुर्गम ठाउँको रुपमा चिनिने फुर्केशल्लिमा संचारको पहुँच पुग्ने भएकोछ । फुर्केशल्लिको पाखापानि डाडामा सोमबार टावरको निर्माण कार्यको सिलन्यास भएपछी टावर निर्माणकार्यको प्रक्रिया अगाडी बढ्ने भएको हो । सोमबार एक कार्यक्रमकाविच दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी,गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्का,वडा न. १ का वडा अध्यक्ष रमेश भण्डारी तथा स्थानियहरुको उपस्थितिमा टावरको सिलन्यास गरीएको हो ।

दंगीशरण गाउँपालिकाको नियमितको पहलले टावर निर्माणको जिम्मा पाएको एबिसी निर्माण कम्पनिले काम अगाडी बढाउन सोमबार टावर निर्माणको सिलन्यास गरीएको हो । निर्माण कम्पनिले आफ्नो काम अगाडी बढाएपछी त्यहाँका जनता संचारको पहुचमा जोडिने भएकाहुन ।

टावरको सिलन्यास गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले संचारको पहुचबाट टाढारहेको फुर्केशल्लिमा टावर निर्माणभए त्यहाँका नागरीकहरुको जनजिवन सहज अपेक्षा लिएको बताउनुभयो । आफुले चुनावकावेला गरेको प्रतीबद्दता अनुरुप फुर्केसल्लिलाइ सन्चारको पहुचमा जोड्न लागेको प्रती खुसि ब्यक्त गर्नुभयो ।


यस्तै गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले २०७८ सालबाट टावर निर्माणका आफुलेप्रक्रिया थालनि गरेको भएपनि प्राविधिक कारणवस  र बिविध समस्याले टावर निर्माणको काममा ढिलाइ भएको जानकारी गराउनुभयो ।

सोमबार टेलिकमको टावर निर्माणको सिलन्यास कार्यक्रममा बोल्दै एबिसी निर्माण कम्पनीका सुक बहादुर खासु मगरले आउदो आर्थिक वर्षबाट सेवा सुचारु हुने गरी काम अगाडी बढाउने बताए । यहि हप्ताबाट टावर वेसमेन्टको काम शुरु हुने जानकारी गराउदै खासु मगरले स्थानिय श्रमदानलाइ पनि जोड्दै कामलाइ चाडो सक्नतर्फ आफुहरु लाग्ने बताए ।