दाङ, ८ पुष ।
समाजमा वातावरणीय शिक्षाको विकास (सिड) संस्थाको आयोजना तथा आई.एम स्वीडिस विकास साझेदार नेपालको सहयोगमा तुलसिपुरमा बालविवाह, लैंगिक हिंसा तथा सामाजिक बिभेद अन्त्यका साथै युवाहरुको हरित उद्यमशिलता बिकासका लागि युवा सम्मेलन कार्यक्रम सम्पन्न भएको छ । देशको मुल मेरुदण्डका रुपमा रहेका युवाहरुको सकारात्मक भुमिकाले समाजमा ब्याप्त आर्थिक तथा सामाजिक समस्या अन्त्यका लागि भुमिका अभिबृद्धि गराउने उदेश्यका साथ सम्पन्न भएको कार्यक्रममा बालविवाह, लैंगिक हिंसा तथा सामाजिक बिभेदको अन्त्यका सवालमा युवाको भुमिकाका सवालमा अधिकारकर्मि नबराज लामिछानेले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने हरित उद्यमशिलताका मार्फत युवाहरुको आर्थिक शसक्तिकरणका सवालमा ग्रिन फाउण्डेसन दाङका सचिब सुरेश कुमार रावतले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । जिल्लाका शान्तिनगर, दंगिशरण गाउँपालिका र तुलसिपुर उपमहानगरपालिकाका करिब ६० जना युवा सम्मीलित भेलाले दुबै कार्यपत्र पारित गर्दै स्थानिय तहहले युवाका सवालमा आवश्यक निति, कार्यक्रम तथा बजेटको ब्यबस्थापनकासंगै सामाजिक क्षेत्रलाई उचित ध्यान दिदै सामाजिक अभियानलाई गौरबका योजनाका रुपमा अगाडि बढाउनुपर्ने सुझाव दिएका थिए, भने संकलित सुझावहरुलाई समेटि स्थानिय तहहरुमा सुझावपत्र पेश गर्ने निर्णय भएको सिड संस्थाका कार्यक्रम संयोजक उमेश खरेलले जानकारी दिनुभयो ।
बालविवाह, लैंगिक हिंसा लगायत सामाजिक बिभेदको अन्त्यका संगै जलबायु अनुकुल हरित उद्यमशिलता बिकासका लागि प्रतिबद्धता जाहेर गरि सम्पन्न भएको कार्यक्रमका तुलसिपुर उपमहानगरपालिका दाङका प्रमुख टिकाराम खड्काले युवाहरुको उद्यमशिलता बिकास बाटै आर्थिक र सामाजिक शसक्तिकरण गर्न सकिने बताउनुभएको थियो भने यसका लागि संघ र प्रदेशले सरकारले ठोस मार्गदर्शन गरि र स्थानिय तहहरुलाई सहजिकरण गर्नुपर्ने बताउनुभयो । खड्काले स्थानिय तहका स्तरबाट निर्णय गरि भारतिय बजारका फुल तथा प्लाष्टिकजन्य मालामा बन्देज लगाईएको बताउदै यसका मार्फत पनि युवाको आर्थिक सवलीकरणमा सकारात्मक योगदान पुगेको र युवा शसक्तिकरणका लागि युवाहरुले पनि सकारात्मक भुमिका निर्बाह गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रमका सहभागि तुलसिपुरका युवा मुना बिकले युवा परिषद लगायतका संस्थाले तथा पालिकाले युवाहरुका लागि ठोस कार्यान्वयन हुन नसक्दा निरासा पैदाहुने गरेको बताउनु भयो यस्तै सहभागि सुदर्शन हमालले युवा प्रोत्साहन तथा युवा परिचालनमा स्थानिय सरकारले चासो नदिएको गुनासो ब्यक्त गर्नुभयो । सहभागि गणेश भण्डारीले सरोकारवाला सबै एकै ठाँउमा हुदा बालविवाह अन्त्यमा आफुहरुले निकै ठुलो चुनौती मोल्दै १ बर्षको अबधिमा ९३ वटा बालबिबाह रोकेको स्मरण गर्दै युवाहरुले चाहेमा निकै सकारात्कम कार्यगर्न सकिने बताउनुभयो ।
तुलसिपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रम सिड संस्थाका अध्यक्ष राममोती चौधरीको अध्यक्षता तथा सिड संस्थाका कार्यक्रम संयोजक उमेश खरेलको सहजिकरण रहेको थियो । सहभागिलाई स्वागत गर्दै संस्था तथा कार्यक्रमको उदेश्य माथि प्रकास संस्थाका कार्यकारि निर्देशक भागिराम चौधरीले संस्थाले पार्नुभएको थियो भने स्थापना कालदेखिनै संस्थाले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको क्षेत्रमा कार्यगरेको बताउदै सामाजिक बिभेद अन्त्य संगै जलबायु अनुकुल आर्थिक बिकासमा युवाहरुको हातेमालोले सकारात्कम सन्देश दिने बताउनुभयो ।
लाइभदाङ । ८ पुष २०८०, आईतवार १८:४८ बजे