दोस्रो ईन्टर दाङ भ्याली खुला टि-२० क्रीकेट हुने

लक्ष्मण बस्नेत
असोज १९ दाङ  ।
दाङको तुलसिपुरमा दोस्रो ईन्टर दाङ भ्याली टि( २० क्रीकेट च्याम्पियनसिप हुने भएको छ ।
डि भि सि सि दाङको आयोजनामा महेन्द्र माबी खेलमैदान तुलसिपुरमा संचालन हुने प्रतियोगिता यहि असोज २३ गते देखि सुरु हुनेछ ।
पहिलो संस्करण सफलता पुर्बक सम्पन्न गरेको डि भि सि सी ले जिल्ला मा क्रीकेट खेलको पहुँच अभिवृद्धि गर्ने र नव प्रतिभाहरुलाई क्रीकेट खेलमा स्थापित गर्ने उदेश्यका साथ क्रीकेट च्याम्पियनसिप को आयोजना गरेको बताएको छ । प्रतियोगिताको बिजेताले नगद ४० हजार ट्रफी,मेडल तथा प्रमाणपत्र हात पार्ने अध्यक्ष आभास बुढाथोकीले जानकारी दिनु भएको छ ।
एक साता बढी संचालन हुने प्रतियोगिता मा जिल्लामा स्थापित क्रीकेट क्लब को प्रतिनिधित्व हुने र १२ टिमको सहभागिता रहनेछ ।
प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फका बेस्ट ब्याट्सम्यान,बेस्ट बलर,वेस्ट फिल्डर, म्यान अफ द म्याच, म्यान अफ द सिरिज र मोस्ट सिक्स प्रहार गर्ने खेलाडी लाई पुरस्कृत गरिनेछ ।
अन्तिम टिम दर्ता मिति असोज २१ गते सम्म राखेको आयोजकले टिम दर्ता,आर्थिक र प्राबिधिक लगाएत का तयारी लाई तिब्र पारेको उपाध्यक्ष सागर देवकोटाले जानकारी दिनु भएको छ ।