दाङमा २६ औं बिश्व अण्डा दिवश मनाईयो

दाङ
२२ असोज / “हरेक दिन अण्डाको आहार, स्वस्थ, खुशी र सुन्दर परिवार”भन्ने नाराका साथ २६ औं अण्डा दिवश मनाइएको छ । हरेक बर्ष अक्टोबर महिनाको दोस्रो शुक्रबार बिश्वभर मनाईने अण्डा दिवश ८ अक्टोबर २०२१ का दिन मनाइएको हो । अण्डा उत्पादक संघ, जिल्ला शाखा दाङको आयोजना, भेटीरिनरी अस्पताल तथापशु सेवा विज्ञ केन्द्र, घोराही दाङ र सुआहारा कार्यक्रमको संयोजनमा घोराही १३ मंगलेरी चोकमा कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा अण्डाको महत्वबारे जानकारी गराउदै कार्यक्रमका प्रमुख अतिथि पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. बेद केसीले अण्डा प्रोटिनको प्रमुख स्रोत भएको र सर्वसुलभ रुपमाउपलब्ध हुने भएकोले यसको नियमित उपभोगमा जोड दिएका थिए ।


कार्यक्रमका अर्का अतिथि सुआहारा कार्यक्रमका सेतलाल डाँगीले अण्डा पोषणले भरिपूर्ण भएकाले गर्भवती महिला, सुत्केरी महिला र २ बर्ष मुनिका आमा र बच्चाले यसको उपभोगमा जोड दिदै आमा र बच्चाको पोषण अवस्थामा सुधार ल्याउन सकिने बताएका थिए । कार्यक्रममा उपस्थित २८ जना सुनौला १००० दिनका आमालाई अण्डा उत्पादकव् यवसायी भरत मणी शर्मा र रोशन खड्काले उपलब्ध गराएको २ कार्टुन अण्डा आमाहरुलाई वितरण गर्दैं अण्डा उपभोगमा जोड दिइएको थियो ।

अण्डा उत्पादक संघ , जिल्ला शाखा दाङका उपाध्यक्ष शर्माको अध्यक्षतामा भएको कार्यक्रममा भेटीरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, घोराहीका कार्यालय प्रमुख डा. बेद बहादुर केसी, संघका सचिव सुनिल घिमिरे, सदस्य शशिधर बुढाथोकी,सुआहारा कार्यक्रमका सेत लाल डाँगीको उपस्थित रहेको थियो भने कार्यक्रमको सहजिकरण सुआहारा÷बेसका पालिकापोषण सहजकर्ता भिष्म चौधरीले गरेका थिए ।