चौखरामा २ दिने क्षमता विकास तालिम

दंगीशरण, २२ मङ्सिर ।
सी.आई.एल.काठमाडौंको आयोजना,अपाङ्गता सशक्ती केन्द्र शान्तिनगरको समन्वय, सी.एफ.एल.आई.को सहजीकरणमा अपाङ्गता भएका युवाहरुको लागि क्षमता विकास सम्बन्धि २ दिने तालिम दंगीशरण ३ को चौखरामा बिहिबारदेखी शुरु भएको छ ।

दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको सभापतीत्व, बबई गाउँपालिका अध्यक्ष कुल बहादुर खत्रीको प्रमुख आथित्यता तथा शान्तिनगर गाउँपालिका उपाध्यक्ष प्रेमा केसीको बिशिस्ट आथित्यतामा तालिमको उद्घाटन गरीएको हो ।

उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अथिती बबई गाउँपालिकाका अध्यक्ष कुल बहादुर खत्रीले अपाङ्गता भएका ब्यक्तीको जिवनशैली सहज बनाउन सहायता सामाग्री आवश्यक पर्ने बताए । अपाङ्गता भएका ब्यक्तीहरुको समयानुकूल वातावरण तय गरीनुपर्ने आजको आवश्यकता रहेको बताए । आफ्ना आवश्यकताहरुको पहिचान र जानकार गराउन पनि यस्ता क्षमता विकास तालिमको आवश्यकता रहने बताए ।

कार्यक्रममा बोल्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले अपाङ्गता भएका ब्यक्तीहरुलाई राज्यको मुल प्रवाहमा ल्याउन अपाङ्गता भएका ब्यक्तीहरुको अधिकर सुनिश्चितत गर्न सरोकार संघ सस्थाहरुले आवाज उठाउनुपर्ने बताए ।अपाङ्गता भएका ब्यक्तीहरुलाई बोलाउने शब्द, र गरीने व्यवहारमा परीवर्तन गर्न आवश्यक रहेको बताए ।


२ दिने तालिमको औपचारिक उद्घाटन कार्यक्रममा सी.आई.एल का महासचिव गनेश केसीले विषयवस्तुमाथि प्रकाश पारेका थिए । विषयवस्तुमाथि प्रकाश पार्दै महासचिव केसीले अपाङ्गता भएका ब्यक्तीहरुलाई समानुपातिक तर्फ प्रतिनिधित्व सुनिश्चितत गर्नु आजको आवश्यकता रहेको बताए ।अपाङ्गता भएका ब्यक्तीहरु भोट हाल्न मात्र नभइ भोट हाल्न र हलाउन दुवै कुरामा सक्षम रहेको बताए ।

अपांगता भएका ब्यक्तीहरुको अधिकार सुनिश्चितता गर्न र केन्द्रिय सरकारलाई दबाव दिन स्वयं अपाङ्गता भएका करीव १०० जना युवाहरुलाई राजनैतिक तथा नागरीक अधिकारहरुमा जागरुक गराउन आफुहरुले कार्यक्रम अगाडी बढाएको बताए ।

कार्यक्रममा अपांगता सशक्तीकेन्द्र नेपालका अध्यक्ष रजनि शाह ,शान्तिनगर गाउँपालिका उपाध्यक्ष प्रेमा केसी लागायतले आ–आफ्नो भनाइ राखेका थिए ।