राप्ती प्रतिष्ठान कर्मचारी समाजको कार्य समिति बिस्तार

दाङ,१८ मंसिर । दाङको घोराही स्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा चिकित्सक, कर्मचारी र नर्सिङ सम्मिलित प्रतिष्ठान स्वास्थ्यकर्मि कर्मचारी समाजको आज बैठक सम्पन्न भएको छ । प्रतिष्ठानमा बसेको औपचारिक बैठकले एमजिडिपि डा.उमाकान्त तिवारीको नेतृत्वमा गठित समितीलाई विभिन्न बिभागबाट प्रतिनिधी समेटेर पुर्णता दिने निर्णय गरेको छ । तिवारी नेतृत्वको समितिलाई बैधानिकता दिन हाडजोर्नी विशेषज्ञ डा. बिकास न्यौपानेलाई जिल्ला प्रशासनमा सस्था दर्ता गर्ने गरि बिधान तयार गर्न जिम्मेवारी दिने निर्णय गरेको छ । त्यस्तै बैठकले समाजको उपाध्यक्षमा शाखा अधिकृत रमिता गौतमलाई उपाध्यक्ष र सदस्य सचिबको जिम्मेवारीमा आईटि अफिसर हिरालाल भण्डारीलाई सर्बसम्मत चयन गरेको छ । बैठकले कर्मचारी, चिकित्सकको पेशागत हक हितका लागि उक्त समिती गठन गरिएको अध्यक्ष तिवारीको भनाई ।