पत्रकार सुवेदीकाे सकृयतामा बिरामी बस्नेतलाई ९१ हजार बढि आर्थिक सहयाेग

हापुरे, १८ मंसिर  ।
टिभिको ब्याक्टेरिया दिमाग सम्म पुगेर बिरामी परेकी बबई गाउँपालिका ५ कि लक्ष्मि बस्नेतको उपचार सहयोगार्थ संकलन भएको ९१ हजार बढि रमम आर्थिक सहयोग गरिएको छ। पश्चिम दाङमा रहेर पत्रकारिता गरिरहेका पत्रकार रामप्रसाद सुवेदीको सकृयतामा संकलित ९१ हजार ४ सय पचहत्तर रुपैयाँ आईतवार बस्नेतको घरमै पुगेर हस्तान्तरण गरिएको हो । बबई ४ र ५ का स्थानिय, पारिवारिक सदस्य र केहि देशभन्दा बाहिरबाट समेत गरि उक्त रकम संकलन भएको पत्रकार सुवेदीको भनाई छ ।
गत जेठबाट बिरामि परेकि बस्नेतको अहिले स्वास्थ्य अवस्था सुधार हुदै गएको छ। चितवन मेडिकल कलेजमा आईसियु र वार्डमा गरी झण्डै १० दिनको उपचार पश्चात् बस्नेत अहिले घर फर्किएकि छन्। उनको स्वास्थ्य अवस्थामा बिस्तारै सुधार आईरहेको बस्नेतका बुवा कुलबहादुर बस्नेतले बताउनुभयो ।
अहिले सम्म बस्नेतको उपचारमा झण्डै २ लाख रुपैयाँ खर्च भईसकेको र अझै १ वर्ष नियमित ओैसधी सेवन गर्नुपर्ने र नियमित अस्पतालको सम्पर्कमा रहनुपर्ने हुदा अझै यति नै खर्च हुन्छ भन्ने थाहा नभएको पारिवारिक स्रोतले बताएको छ। पारिवारिक अवस्था कम्जोर भएका कारण छोरीको उपचारमा समस्या भएको बताउदै कुल बहादुरले उपचारमा सहयोग गरिदिन सबैमा अपिल गरेपछि बस्नेतको उपचार सहयोगार्थ पत्रकार रामप्रसाद सुवेदीले सहयोग अभियान सञ्चालन गर्नुभएको थियो ।