प्रदेश राजधानीमा प्याराग्लाइडिङ उडान परीक्षण सफल

दाङ, १६ मंसिर ।
लुम्बिनी प्रदेशको राजधानी राप्ती गाउँपालिका वडा नं. २ देवीकोटमा प्याराग्लाइडिङको उडान परिक्षण गरिएको छ । शुक्रबार लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले उडान परीक्षणको उद्घाटन गर्नुभएको हो ।

प्रदेशको राजधानीको शिरमा रहेको देवीकोट डाँडामा परीक्षण सफल भएकाले अब प्रदेश राजधानीको पर्यटनको केन्द्र बन्ने सभामुख घर्तीले बताउनुभयो । उडान सुरु भएपछि देवीकोट क्षेत्रको कृषि खपत हुने भएकाले आम्दानीको स्रोत बृद्धि हुने बताउनुभयो ।

रिडी राप्ती ग्रुप र बाबू एडभेन्चर्सको सहकार्यमा प्याराग्लाइडिङको सफल परिक्षण उडान गरिएको हो । संचालक समिति तथा संथापक अध्यक्ष मानबहादुर बुढाले देवीकोट र राप्ती पर्यटन विकासका लागि उक्त प्याराग्लाइडिङ सञ्चालनमा ल्याउन लागिएको उहाँले बताउनुभयो ।


उडान सफल भएकाले अब नियमित सञ्चालनमा ल्याउनकालागि १० करोड लगानी लाग्ने उहाँले बताउनुभयो । त्यस अवसरमा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले पालिका भित्र लगानी हुनले थप समृद्धिको ढोका खोल्ने बताउनुभयो ।