खुमबहादुर चौधरी : करणी मुद्दामा जेल, जेल भित्रै करणी

दीपक बोहरा,
दाङ,१६ माघ /
दाङ तुलसीपुर कारागारका एक कैदी माथि जबरजस्ती करणी भएको छ । कात्तिक १७ गते तुलसीपुर स्थित कारागारमा तुलसीपुर ६ डुम्रीगाउँका २८ बर्षीय खुमबहादुर चौधरीले ति कैदीमाथि करणी गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।

प्रहरी निरीक्षक पर्वत केसीका अनुसार तुलसीपुर कारागारमा जबरजस्ती करणीमा कैद भुक्तान गरिरहेका चौधरीले ति महिला कैदीमाथि करणी गरेका हुन् । महिला कैदी र पुरुष दुबै कारागारका चौकीदार हुन् । ‘चौकीदार भएकाले उनीहरु एक अर्कासंग सहजै भेटघाट गर्न सक्छन् । कात्तिक १७ गते दिउसो २ः१० मा महिला भान्सामा भाडा माझ्दै थिइन् ।’, प्रहरी निरीक्षक केसीले भने‘त्यही क्रममा चौकीदार चौधरी भान्सामै गएर बाहिरबाट चुकुल लगाए र, जबरजस्ती करणी गरे ।’


पीडित महिलाले सोही दिन नै इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएकी थिइन । जाहेरी दिएपछि कात्तिक १८ गते सरकारी वकिल कार्यालय मार्फत अदालतमा पेश गरिएको हो । चौधरीलाई ७ देखि १० बर्षसम्म कैद थप हुन सक्ने कानुनी ब्यस्था छ । पीडित बैंकिङ कसुरमा कैद भुक्तान गरिरहेकी छन् ।

यो केश पछि पीडक चौधरीलाई घोराही कारागार सारिएको छ । तुलसीपुरको नयाँ बसपार्कमा बलात्कार गरेको पुष्टि भएपछि चौधरीलाई दाङ जिल्ला अदालतले २०७२ साल मंसिर ६ गते ६ वर्ष कैद फैसला गरेको थियो ।