भाइटीकाको उत्तम साइत १०ः५१ बजे

काठमाडौं,२० कार्तिक ।
यसवर्ष तिहारको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बिहान १०:५१ बजे परेको छ ।

नेपाल पाञ्चाङ्ग निर्णायाक विकास समितिका कार्यकारी निर्देशक सोमबार एक विज्ञप्ति जारी गरेर भाइटीकाको शुभ साइतबारे जानकारी दिएका हुन् ।


हिन्दु धर्माबलम्बीमा तिहारको भाइटीकाको दिन दिदी बहिनीले दाजुभाइलाई टीका लगाइदिएर दीर्घायुको कामना गर्ने प्रचलन छ ।

टीका लगाउन साइत हेर्ने चलन रहेको छ । तर साइतमा टीका लगाउन नभ्याउनेहरुले साँझसम्म लगाउने प्रचलन पनि रहेको छ ।