नेपाल विद्यार्थी सघं द्वारा शोक सभा

तुलसीपुर, असाेज २३
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं ५ बिपि चौकमा शोक सभा सम्पन्न भएको छ ।
इजरायलमा मृत्यु भएका नेपाली बिद्यार्थीहरूको सम्झनामा राप्ती बबई क्याम्पस तथा (नेपाल विद्यार्थी सघ ) ले शोक सभाकाे आयोजना गरेको हाे । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य गेहेन्द्र गिरिले उक्त शाेक सभालाई सम्बाेधन गर्दै ईजरायलमा भएको घटनाका घाईतेको तत्काल उपचार र नेपाल फर्काउन सरकारले यथासक्य पहल गर्न आग्रह गरे ।

 


त्यस्तै शाेक सभामा राप्ती बबई क्याम्पका अध्यक्ष स्याम रेग्मी, महाधिवेशन प्रतिनिधि तथा महेन्द्र मा. बि. का बिधयाल ब्यवस्थापन समितीका अध्यक्ष ऋषि राज लहरे अरुण, महाधिवेशन प्रतिनिधि बिमल रिजाल लगाएतको उपस्थिति थियो ।