क्रिम राेलभित्र फलामकाे रड फेला

दाङ, २१ असोज  । घाेराही १५ मा सञ्चालित बुटवल पाउराेटी उद्योगकाे उत्पादनमा फलामकाे रड फेला परेकाे छ । अक्टोबर ४ तारिखमा उत्पादित क्रिम राेलभित्र फलामकाे रड फेला परेकाे हाे । पसलबाट बिक्री गर्ने क्रममा गह्रौ भएपछि खाेलेर हेर्दा उक्त फलामकाे रड फेला परेकाे उपभोक्ता महेश बस्नेतले बताए । उनले उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्नु राम्रो कुरा नभएको भन्दै सम्बन्धित निकायले यस्ता उत्पादनहरुमा नियमित अनुगमन गरेर कानुनी दायरामा ल्याउनु पर्ने बताए ।