नजिकिँदै गरेका चाडपर्वलाई मध्यनजर गर्दै हापुरे बजारमा यात्रु सायता कक्ष स्थापना

हापुरे, २१ असोज ।
दाङको बबई गाउँपालिकाको हापुरे बजारमा यात्रु सायता कक्ष स्थापना भएको छ। दशैं तिहार, छठपर्व जस्ता चाडपर्व नजिकिदै गर्दा हुन सक्ने सम्भावित दुर्घटना र अपराधिक गतिविधि न्युनिकरण गर्ने उदेश्यले ईलाका प्रहरी कार्यालय हापुरेले हापुरेको तल्लो बजारमा स्थापना गरेको ईलाका प्रहरी कार्यालय हापुरेका प्रहरी प्रमुख प्रहरी नायव निरिक्षक भिम बहादुर सुनारले बताउनुभयो ।

यात्रु सायता कक्षको शनिबार इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी प्रमुख प्रहरी निरिक्षक अजय जंग थापाले उद्घाटन गर्नुभएको हो । यात्रु सायता कक्ष स्थापना पश्चात् सार्वजनिक सवारी साधनका चालक र सहचालकहरुलाई ट्राफिक नियमका बारेमा जानकारी गराउदै थापाले सवारीसाधनमा यात्रा गर्ने सबैको जिन्दगी सवारी चालकको हातमा भएको भन्दै अत्यन्तै सावधानीपुर्वक सवारीसाधन चलाउन अनुरोध गर्नुभयो ।

थापाले खुसियालीमा मनाउने चाडपर्वका बेला कसैको परिवारमा रुवावासी नहोस् भन्ने प्रहरीले चाहेको उहाँले बताउनुभयो। उहाँले लाईसेन्स प्राप्त गरेकाहरुले मात्रै सवारी साधन चलाउनुपर्ने, मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाउन नहुने र यात्रा गर्दा समेत मादक पदार्थ सेवन गर्न नहुने लगायतका बिषयमा यात्रु र चालकहरूलाई जानकारी दिनुभएको थियो । थापाले प्रहरीको चाहाना यात्रुहरु सुरक्षित तवरले गन्तव्य सम्म पुग्नुपर्ने रहेको पनि बताउनुभयो ।


कार्यक्रममा बोल्दै अस्थाई ट्राफिक प्रहरी पोष्ट खिलतपुरका बरिस्ठ हवलदार छविलाल खत्रीले बबई १को गंगटेबाट आवतजावत गर्ने गाडिहरुमा ठाउँ हुदाहुदै पनि यात्रुहरूकै अटेरीले छतमा यात्रा गर्ने गरेको बताउदै दुर्घटनाले प्रहरीको भन्दा पनि सम्बन्धित ब्यक्तिकै क्षेति हुने भन्दै आफ्नो सुरक्षाका निम्ति पनि सावधानी अपनाउन सबैलाई आग्रह गर्नुभयो । उहाँले अधिकांस अटोहरुले क्षमता भन्दा बढि यात्रुहरु बोक्दा दुर्घटना बढ्ने गरेको बताउदै यात्रुहरुमा पनि सचेत हुन जरुरी रहेको बताउनुभयो ।