तुलसीपुर ९ मा दलित मुक्ती मोर्चा गठन

तुलसीपुर,१८ असोज । दाङको तुलसीपुर ९ मा माओवादी केन्द्र निकट दलित मुक्ती मोर्चा गठन गरिएको छ । एकलाल परियारको अध्यक्षतामा २८ सदस्यीय नेपाल दलित मुक्ती मोर्चा गठन गरिएको हो ।

एकलाल परियारको अध्यक्षता तथा नगर अभियान संयोजक तिलकराज शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम गरि मोर्चा गठन गरिएको हो ।


त्यस अवसरमामा मोर्चाका केन्द्रिय सदस्य मानसिङ सुनार, पार्टीका केन्द्रीय सल्लाहकार कमिटि सदस्य शेसुराम भन्डारी, नगर सचिब तुलाराम भन्डारी,नेता सीता वली, दुर्गा शर्मा, पार्टीका वडाध्यक्ष मदन प्रकाश हमाल, रकम राज बिकलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण वडा सचिब प्रेमबहादुर विकले गरेका थिए । त्यस अवसरमा मिर्गौला पीडित तेजबहादुर विकलाई पनि सहयोग गरिएको थियो ।