
निरला अर्याल
असोज १३
रोट्रयाक क्लव अफ तुलसीपुरको आयोजना तथा रोटरी क्लव अफ तुलसीपुर र इनट्रयाक क्लबहरुको सहयोगमा अन्तर विद्यालय दौड प्रतियोगिता तुलसीपुरमा सम्पन्न भएको छ । समाजमा शिक्षा, स्वस्थ्य, खानेपानी, वातावरण तथा खेलकुद लगायतका क्षेत्रमा काम गर्दै आइरहेको क्लवले यस पटक विभिन्न विद्यालयमा अध्यनरत बालबालिकाहरु बिच दौड प्रतियोगिता राखेको रोटरी क्लव अफ तुलसीपुरका अध्यक्ष्य पवन योगीले जानकारी दिनुभयो । खेल प्रति अभिरुचि पैदा गर्न, स्वस्थ रहन, अनुशासित बन्न अन्तर विद्यालय दौड प्रतियोगिता आयोजना गरिएको हो योगीले भन्नुभयो । ।
रोट्रयाक क्लव अफ तुलसीपुरको अध्यक्ष्य इनुप भण्डारीको अध्यक्ष्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि रोटरी डिष्ट्रिक्ट ३२९२ नेपाल भुटान जोन २३ का एसिस्टेन्ट गभर्नर तथा रोटरी क्लब अफ तुलसीपुर पूर्व अध्यक्ष विमल रिजालले रोटरी र रोट्रयाक्ट क्लवले समाजमा धेरै सामाजिक काम गर्दै आइरहेको बताउनु भयो क्लव ले जहाँ अभाव, दबाब र जोखिम छ त्यही ठाउँमा काम गर्छ । आवश्यकता अनुसार लक्षित कार्यक्रम हरु गर्दै आएको छ” रिजालले भन्नु भयो । क्लव जीवनको अभिन्न अंग तथा सुख दुःख को साथी भएको छ । जहाँ जनप्रतिनिधि पुग्न सक्नु भएको छैन जहाँ राज्यको दृष्टि पुगेको छैन हो त्यही ठाउँमा रोटरी रोट्रयाक्ट पुगेको छ ।।
आईडियल ईंग्लिश बोर्डिङ स्कूलमा अध्यनरत सहभागी एलिस बुढा मगरले खेल खेल्दा सकारात्मक उर्जा प्राप्त हुने बताउने भयो । खेल राष्ट्र काे लागि होस या स्वास्थय दुवै को लागि अपरिहार्य छ । यस्तै गोरखा स्कूलमा अध्यनरत विजय कुँवरले पढाइ संग सँगै खेलकुदमा पनि हौसला दिएको बताउनु भयो ।
दौड प्रतियोगितामा १३ बढी विद्यालयको सहभागिता रहेको थियो भने खेलमा ६७ जना सहभागी रहेका थिए । अन्जना ट्रेद्रस एण्ड सप्लायर्स, कुबेर जल,राधारानी मार्वलस टायलस एण्ड सेनिटरी होम र नमस्ते नेपाल इन्जनियरिङ कन्सल्टेन्सी लगायतकाले सहयोग गरेका थिए । कर्क्रमको सहजीकरण रोट्रयाक्ट क्लव अफ तुलसीपुरको महासचिव किरण पुन ले गर्नु भएको थियो ।
यसै बिच दौड प्रतियोगितामा छात्र तर्फ गोरखा माविका विजय कुँवर, दितीय महेनद्र माविका सुजन भण्डारी र तृतीय सप्तरंगी का टंक डाँगी रहेका छन् छात्रा तर्फ प्रथम स्थान हासिल गर्न गोर्खा मावि कि मोती कला डाँगी , दितिय गोर्खा मावी कै विष्णु ओली र तृतीय हाम्रो पहुंच मावि कि विपना बस्नेत हुनुभएको छ ।



लाइभदाङ । १३ आश्विन २०८०, शनिबार १७:५४ बजे