हापुरे, ६ असोज ।
दाङ बबई गाउँपालिका वडा नं. ५ खयरभट्टीबाट विभिन्न पार्टी परित्याग गरि ३० भन्दा बढि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
एमाले, काँग्रेसलगायतबाट प्रवेश गरेकाहरूलाई लुम्बिनी प्रदशका अर्थ मन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य धनबहादुर मास्कीले स्वागत गरेका हुन् । सोही वडामा ईतिहासमै पहिलो पटक १५ करोड बजेट आएको भन्दै पश्चिम दाङमा आएको बजेटले विकासमा गति लिने नवप्रवेशीहरूले बताएका छन् ।
जनताले विकास नै चाहेको भन्दै त्यो विकास आफूहरूले पाउन जनताको आशा छ । त्यस अवसरमा मन्त्री मास्कीले जनताले बिकास चाहेरै आफूलाई जिताएको भन्दै अहिले मन्त्री भएपछि जनतामाझ आउदा उभारो नआएको बताए । उनले आफूले थुप्रै बजेट र योजना ल्याएर जनताको माझमा आएको बताए ।
त्यस अवसरमा पार्टीका लुम्बिनी प्रदेश कमिटि सदस्य भिमबहादुर वलीलगायतको सहभागिता रहेको थियो ।
लाइभदाङ । ६ आश्विन २०८०, शनिबार १७:१८ बजे