पैतृक सम्पत्तिमा बहिरालाई विभेद

निरला अर्याल
तुलसीपुर, ६ असोज ।
शान्तिनगरकी चेतना डाँगी बोल्न सक्नु हुन्न । जन्मजात कान सुन्न नसक्ने डाँगी बहिरा भएकै कारणले घर परिवारले बेघर बनाएको उनको गुनासो छ । परिवारका टाठा बाठाले सम्पति सबै लैजानु भयो । हामी संग केही छैन । पैतृक सम्पतिमा सबै छोरा छोरीको बराबर हक लाग्छ तर हामीलाई लागेन सांकेतिक भाषामा भन्नुभयो । बहिरा भएपछि माया ममता र सम्पतिमा समेत कन्जुस्याई हुन्छ ।

रून्टिगढि ९ रोल्पाका हुम बहादुर सार्कीको कथा पनि त्यस्तै छ । पैतृक सम्पति प्रसस्त हुँदा समेत अन्य दाजु भाइलाई अंशबन्डा गरेको तर आफूलाई एक कौडी समेत नदिएको सांकेतिक भाषामा व्यक्त गर्नु भयो । घर परिवारमा बहिरलाई शारीरिक श्रम बढी गर्नु पर्ने, सबैले भनेको मान्नै पर्ने जस्ता व्यबहारले आफूले घर छोड्न बाध्य भएको छु । बहिरा हरुले राम्रो लगाउन नहुने राम्रो खान नहुने जस्ता व्यबहार धेरै घर परिवारमा छ। काम गर्ने ठाउँमा समेत पारिश्रमिक थोरै दिन्छन् सार्कीले भन्नु भयो ।

यस्तै शान्तिनगर २ का १६ वर्षका भरत ओली कक्षा ९ मा पढ्नुहुन्छ आफू बोल्न नसक्ने हुदाँ घर परिवारलाई समेत लान्छना लगाउने गरेको तितो यथार्थ सुनाउनु भयो । लाटो बच्चा जन्माउने भन्दै विभिन्न असभ्य व्यबहार गरेको आमा रमा ओलीले चिन्ता व्यक्त गर्नुभयो । पढ्नको लागि विद्यालयमा पठाउँदा समेत विद्यालयले इन्कार गरेको घटनाले थप पीडा भएको छ ओलीले भन्नु भयो । बहिरहरु समाज,घर परिवार बाट शोषण दमनमा परेका छन् ।

राप्ति गाउँपालिका ३ का २६ वर्षीय नरेन्द्र रसाइली वहिरा छन् । बहिरा भएको कारण अहिले सम्म रोजगार पाउन नसकेको उनको गुनासो छ । १२ कक्षा उत्तीर्ण गरिसकेका रसाइली जन्मजात नै कान सुन्न नसकेको कुरा दोभासे स्मृति योगीले जनाउनू भयो ।

बहिराहरुलाई हरेक क्षेत्रमा दोभाषेको आवश्यकता पर्छ । आफ्नो छोरा छोरीको भाषा बुझ्न नस्कदा विविध समस्याहरू आइपरेको तुलसीपुर ८ की तेज कुमारी भुसालले बताउनु भयो ।

घोराहीका विजय ओली बहिरा शिक्षक हुनुहुन्छ । बहिरालाई विद्यालयमा होस् या घर परिवारमा माया दिने सट्टा घरबाट पन्छाउने, अन्यत्र ठाउँमा पठाउन राजी हुने समस्या देखिएको बताउनु भयो । बहिरा छोराछोरीलाई घर बाट पन्छाउन मुख्य भूमिका परिवारको भएको गुनासो गर्नु भयो । बहिराहरुलाई माया गरी उनीहरुको शिक्षा स्वस्थ्यमा खयाल परिवारबाट नै हुनु पर्ने ठाउँमा दमन, अपमान लान्छना लगाउने काम हुन्छ। प्रेम बिना ती बहिरा कुलतमा लागे , कुकर्मामा लागे भने जिम्मा कसले लिन्छ ।


शिक्षिका तथा दोभासे स्मृति योगीले भन्नु भयो सरकारले अपांगता भएका सबैलाई एउटै भाँडोमा राखेर काम गर्दा टाठा बाठाहरुले मात्र अवसर पाउँछन् । फरक प्रसङ्गमा योगीले दोभाषेको अभावले बहिराहरु आफ्नो समस्या खुलाएर भन्न नसक्ने, विविध खालका हिंशा सहनुपर्ने बाध्यता भएको बताउनु भयो।

संसार जहाँ बहिरा नागरिकले जहिले पनि संकेत गर्न सक्छन् भन्ने मूल नाराका साथ छैठौं अन्तराष्टिय सांकेतिक भाषा दिवसको अवसरमा बहिरा र सांकेतिक भाषा विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले अपांगताको हक अधिकारको लागि राज्यले प्रभावकारी भूमिका खेल्नेछ। यो क्षेत्रमा केही सुधार हुने विश्वास समेत व्यक्त गर्नु भयो । राप्ति बहिरा संघ तुलसीपुरको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

राप्ति बहिरा संघका अध्यक्ष अजय शर्माको अध्यक्षतमा भएको कार्यक्रममा, अपांग समाज सुधार केन्द्र तुलसीपुरका अध्यक्ष्य हुमकन्त कँडेल , बहिरा ज्ञानु खड्का लगायतकाले आफ्नो भनाई राख्नु भयो । संस्थाको उपाध्यक्ष रुपा विश्वकर्मा स्वगत मन्तव्यबाट सुरु भएको कार्यक्रम को सहजीकरण सचिव डम्बर ओलीले गर्नु भएको थियो ।