चन्द्र प्रभा मा.वि. रोल्पामा हाजिरिजवाफ प्रतियोगिता सम्पन्न

रोल्पा, २९ भदौ  ।
५९औं राष्ट्रिय बालदिवसको अवसरमा श्री चन्द्र प्रभा मा.वि. मिझिङ रोल्पामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यालयका निमित्त प्र.अ. रत्नलाल सुबेदिको सभापतित्व, सुनिलस्मृती गाउँपालिका वडा न. ३ शिक्षा समितिका संयोजक धिरेन्द्र घर्तीको प्रमुख आथित्यता, बि.ब्य.स. अध्यक्ष ठगेन्द्र प्रसाद के.सि. को प्रमुख आथित्यमा भएको कार्यक्रममा विद्यालयका कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुलाई विभिन्न १० समुह बनाइ प्रतिस्पर्धा गराइएको थियो। प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने दिपिका बिस्टको समूह, दित्तिय स्थान गोपाल सुनारको समूह र तृतीय स्थान प्राप्त गर्न सफल गङ्गा बि.क. को टिम रहेको थियो । विद्यालयका अनुशासन विभाग संयोजक तथा शिक्षक दुर्गा रोकाले संचालन गर्नुभएको हाजिरि जवाफ प्रतियोगिताको QUIZ Master को जिम्मेवारी विद्यालयका गुणस्तर सुधार विभाग संयोजक तथा बिज्ञान शिक्षक नेत्रलाल भट्टराईले गर्नुभएको थियो। कार्यक्रममा प्रथम, दित्तिय तथा तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाइ पुरस्कार साहस नेपालले प्रायोजक गरेको जानकारी विद्यालयका बिज्ञान शिक्षक नारायण भट्टराईले जानकारि गराउनुभएको थियो।