लागुपदार्थ दुर्वेसनी शीर्षकको सडक नाटक प्रदर्शन

लक्ष्मण बस्नेत
दाङ १४ असोज ।
मेरिगोल्ड ईङलिश बोर्डिङ स्कुल तुलसिपुर ७ मा अध्ययनरत छात्रर छात्राहरु ले आज बिहिवार लागू पदार्थ दुर्वेसनी सम्बन्धी सडक नाटक प्रदर्शन गरेका छ्न् ।
लागू पदार्थ सेवन ले मानव जनजिवन र सिङ्गो समाजमा पार्न सक्ने असर झल्काउन र कुलतको दलदल बाट युवा तथा बालबालिका लाई कसरी बचाउन सकिन्छ भन्ने उदेश्य ले लागू पदार्थ दुर्वेसनि शीर्षक को सडक नाटक प्रदर्शन गरिएको हो १ मेरिगोल्ड ईङलिस स्कुलका प्रधानाध्यापक बासुदेव रिजालको अध्यक्षता तथा तुलसिपुर उपमहानगरपालिका वडा न ७ का अध्यक्ष टोप बहादुर केसिको प्रमुख आतिथ्यमा बिधालयमा अध्ययनरत कक्षा ९ र १० का छात्रर छात्रा हरु को अभिनय रहेको नाटक राप्ती शान्ती उद्यान गणेशपुर पार्कमा प्रदर्शन गरिएको थियो ।
सो अबसरमा बोल्ने बक्ताहरुले प्रस्तुत नाटकले लागू पदार्थ दुर्वेसनी न्युनिकरणमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने गर्ने बताएका थिए १ कार्यक्रममा प्रमुख अतिथी टोप बहस्दुर केसि,राप्ती शान्ती उद्यान पार्कका अध्यक्ष डिल्ली भण्डारी,नयाँ पाईला पुनस्थापना केन्द्र बिजौरीका संचालक सुरेश भुसाल,युवा समासेवी हरि खनाल,सौरव सुवेदी लागाएतले बोल्नु भएको थियो ।
कार्यक्रमको संचालन बिधालयका सहायक प्रधानाध्यापक सोम राज बस्नेत ले गर्नु भएको थियो ।