बंगलाचुलीमा टिप्परको ठक्करबाट एकजना गम्भीर घाइते

दाङ, ११ भदौ ।
दाङको बंगलाचुलीमा टिप्परको ठक्करबाट एक जना गम्भीर घाइते भएका छन् । बंगलाचुली गाउँपालिका वडा नम्बर ४ तल्लो काभ्रे निवासी ३३ वर्षका युवराज अधिकारी गम्भीर घाईते भएका छन् ।

घोराही सिमेन्ट उद्योगको चुनढुङ्गा बोक्ने रा १ ख २२८४ नम्बरको टिप्परले रा ६ प ५२४५ नम्बरको मोटर साईकललाई ठक्कर दिदा अधिकारी गम्भीर घाइते भएका हुन् । घाइते अधिकारीलाई बंगलाचुली अस्पतालमामा सामान्य उपचार पछि थप उपचारकालागि घोराही लगिएको छ ।


दुर्घटना विहान ८ बजे भएको थियो । स्थानीयले दुर्घटनामा स्थल ठाटिगैरामा जम्मा भएर सडक अवरुद्ध समेत गरेका छन् । टिप्पर खलासीले चलाएको र ड्राइभर घोराही बसेको पाईएको छ ।