ग्रेट अरनीकोका विद्यार्थीले खाजा खर्च कटाएर उपचारमा सहयोग

तुलसीपुर,८ भदौ । दाङको तुलसीपुर स्थित ग्रेट अरनीकाे माध्यामिक विद्यालयका विद्यार्थीले खाजा खर्च कटाएर उपचारमा सहयोग गरेका छन् ।

शिक्षक मेघराज पोख्रेलले दिएको जानकारी अनुसार विद्यालयका विद्यार्थीहरुले तुलसीपुर ३ घर भई भारतमा रोजगारका लागि गएका मानव बस्नेतको उपचारकालागि सहयोग गरेका हुन् ।


बस्नेत भारतमा मोटरसाईकल दुर्घटनामा परि घाइते भएका थिए । उनको उपचारमा सहयोग होस् भनेर विद्यार्थीहरुले सहयोग गरेका हुन् ।

बस्नेतको आर्थिक अबस्था कम्जोर भएकाले सबैले खाजा खर्च कटाएर सहयोग गरेको विद्यार्थीहरुको भनाई छ ।