सल्यानमा वेवारिसे अवस्थामा एक पुरुषको शब फेला

सल्यान, ३१ साउन ।
सल्यानमा एक पुरुषको शब फेला परेको छ । त्रिवेणी–१ काभ्रा सल्लेरीमा बेवारिसे अवस्थामा पुरूषको शब फेला परेको हो ।

स्थानीय महाभारत सामुदायिक बनमा लास देखेपछि स्थानीयले काभ्रा प्रहरीलाई जानकारी गराएका थिए । रामबजार देखि ७ किलो मिटर पुर्व दक्षिणमा रहेको घटनास्थलमा प्रहरी पुगेको छ ।


प्रहरीलाई जानकारी आएपछि थप अनुसन्धानका लागि लुहामबाट पनि प्रहरी खटिएको जिल्ला प्रहरीका कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालले जानकारी दिनुभयो । घटनाको विस्तृत विवरण प्रहरीलाई नै नआएको उहाँले बताउनुभयो ।

मृतकको नाम, थर, वतन र घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । शबलाई प्रहरी मुचुल्का पश्चात पोष्टमार्टमका लागि अस्पताल लिइनेछ ।