दंगीशरणमा विपदको अवस्था सम्बोधनकालागि समन्वय बैठक

प्रमोद आचार्य
दंगीशरण, ११ साउन ।
महिला एकता सामुदायिक संस्थाको आयोजना वरेक नेपाल तथा दंगीशरण गाउँपालिका बिपत शाखाको सहकार्यमा “मेरो अवस्था,मेरो नेतृत्व” विपदको अवस्था सम्बोधनकालागि समन्वय बैठक दंगीशरण गाउँपालिकामा सम्पन्न भएको छ ।

समन्वय बैठक महिला एकता सामुदायिक संस्थाकि अध्यक्ष बिजया चौधरीको अध्यक्षता,गाउँपालिका अध्यक्ष सम्भु गिरीको प्रमुख आथित्यता तथा पालिका उपाध्यक्ष पिमा वलि खड्काको विशिस्ट आथित्यतामा सम्पन्न भएको हो ।

बैठकमा बोल्दै पालिका अध्यक्ष शम्भु गिरीले विपत व्यवस्थापन उद्दार र राहात प्रक्रियालाई ब्यबस्थित तवरले लैजान सोहि खालको सयन्त्र तयारी अवस्थामा राख्न बिपत शाखालाई निर्देशन दिनुभयो । विपत कुनै जानकारी र सुचना दिदै नआउने भएकाले विपत पछिको क्षेती कम गर्न सबै खालको सयन्त्र तयारी अवस्थामा राख्नु पर्ने बताउनुभयो ।

बैठकको उदेश्य तथा विषयवस्तु माथि प्रकाश पार्दै संस्थाकी कल्पना चौधरीले विपत व्यवस्थापन समिती र स्थानिय सरोकारवालाहरु सङ्ग समन्वय तथा सहकार्य गर्ने र नितीगत व्यवस्थापन कार्यान्वयनको अवस्था बारे जानकारी लिन पनि विपत समन्वय बैठकको आयोजना गरीएको बताउनुभयो ।


बैठकमा कार्यपालिक सदस्य ,वडा अध्यक्ष विभिन्न राजनैतिक दलका प्रतीनिधि कर्मचारी लगायतको सहभागीता रहेको थियो ।