माधव नेपाल निकट युवासंघद्वारा पिपुल्स् भोलेन्टियर घोषणा,अध्यक्षमा दाङका बुढा

तुलसीपुर
२७ भदौ / माधव नेपाल नेतृत्वको नेकपा एकीकृत (समाजवादी) निकट युवा संघ नेपाल लुम्बिनी प्रदेशले पिपुल्स भोलेन्टियर (पीभी) घोषणा गरेको छ ।
बाँकेको नेपालगञ्जमा भएको भेलाले प्रेम बुढाको अध्यक्षतामा उक्त प्रदेश कमिटि गठन गरेको हो ।

जसको सचिवमा सार्दुल मायुर कसौधन निर्वाचित भएका छन् । माधव कुमार नेपालले कार्यक्रम उद्घाटन गरेका थिए, भने विशिष्ट अतिथि युवा संघ नेपालका केन्द्रीय अध्यक्ष नरेश शाही रहेका थिए ।


युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष किशोर थापाको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार, बुद्धिजीवी, नागरिक अगुवा लगायतको सहभागिता रहेको थियो ।
दाङको अध्यक्षमा थापा
त्यस्तै पीभी दाङको अध्यक्षमा भीमबहादुर थापालाई चयन गरिएको छ । जसको सचिबमा कमल नेपाली रहेका छन् ।