दाङमा टिप्परमा बस ठोक्कीदा १७ जना घाइते

तुलसीपुर,९ साउन ।
घोराही–लमही सडक अन्तर्गत बेलदमारमा टिप्परमा बस ठोक्कीदा १७ जना घाइते भएका छन् । घाइते हुनेमा राजपुर गाउँपािलका–७ लैबरूवा बस्ने बर्ष ५० की रिता बिक, भारतको मध्ये प्रदेश शिवाजी नगर बस्ने बर्ष २७ को शनि बिष्ट, तुलसीपुर – १६ बस्ने बर्ष ४२ को हेम बहादुर बस्नेत, गढवा गाउँपालिका –४ बस्ने बर्ष ३१ को शम्भु चौधरी, रोल्पाको रुन्टिगढी गाउँपालिका– ६ बस्ने बर्ष ५२ को ईन्द्र सिंह घर्तीमगर, राप्ती गाउँपालिका– ५ बस्ने बर्ष २६ की प्रमिला चौधरी, घोराही उपमहानगरपालिका– १४ बस्ने बर्ष २८ की जुन माया परियार की छोरी बर्ष ५ की एसिका परियार, सोही ठाउँ निवासी १७ की खुसी परियार, घोराही उपमहानगरपालिका– १४ बस्ने बर्ष ४६ की रामकली बिक, घोराही – ४ बस्ने बर्ष १९ की हिरा बुढामगर, तुलसीपुर – १३ बस्ने बर्ष ७७ को बिजुली बहादुर घर्तीमगर, लमही नगरपालिका– ९ बस्ने बर्ष ३० को ओवीराम कुमाल, घोरारी – ७ बस्ने बर्ष ४६ की कल्पना थापा, राजपुर गाउँपालिका– ७ बस्ने बर्ष ६७ की भद्रिकला घर्तीमगर, सोही ठाउँ निवासी बर्ष २१ को ज्ञानेन्द्र घर्तीमगर, राप्ती गाउँपालिका– १ बस्ने बर्ष ३८ को सागर बुढाथोकी र बर्दिया बाँसगढी नगरपालिका– ४ बस्ने बर्ष ३३ को हिरालाल अधिकारी रहेको प्रहरीले बताएको छ । घाइते हरुको लमहीमा उपचार भइरहेको छ ।


लमहीबाट घोराही तर्फ जाँदै गरेको रा। १ ख। २०१७ नम्बरको बालुवा बोकेको टिप्परमा बिपरित दिशाबाट जादै गरेको ग १ ख ९९७८ नं. को यात्रुक बाहक बस ब्रेक फेल भई ठोक्किन जाँदा उक्त दुर्घटना भएको हो ।