दंगिशरणमा आगामी वर्षको बजेट पारित

दाङ, २७ असार ।
दंगिशरण गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट पारित गरेको छ । गाउँपालिकाको १५ गाउँसभाको तेस्रो बैठकले आगामी आर्थिक वर्ष २०८०/२०८१ को बजेट पारित गरेको हो ।
असार १० गते नीति कार्यक्रम र बजेट एकै पटक ल्याएको गाउँपालिकाले बुधबार दुई तिहाई बहुमतले आगामी वर्षको बजेट पारित गरेको हो । गाउँपालिका अध्यक्ष शम्भु गिरीले सभामा पेशमा गरेको आगामी आर्थिक वर्षको बजेट दुई तिहाई बहुमतले पारित भएको हो ।
 
दंगिशरण गाउँपालिकाको आगामी आर्थिक वर्षका लागि ४३ करोड ६१ लख ७० हजार बराबरको अनुमानित बजेट ल्याएको छ ।
गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि २७ करोड ५३ लाख १८ हजार अर्थात ६३ दशमलव १२ प्रतिशत चालुतर्फ र पुँजिगततर्फ १६ करोड ८ लाख ५२ हजार अर्थात ३६ दशमलव ८८ प्रतिशत बजेट विनियोजन गरेको छ ।
सभामा आर्थिक विधेयक २०८० र विनियोजन विधेयक पनि पारित भएको छ । सभामा वडा नम्बर २ का वडा अध्यक्ष डम्बर बहादुर खत्री, वडा नम्बर ५ का अध्यक्ष कमल थारु, कार्यपालिका सदस्य भुमप्रसाद देवकोटा र सीतारा नेपालीले विनियोजित बजेट कार्यान्वयन गर्न सबैको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।