दंगीशरण गाउँपालिकाद्वारा ५ जना कर्मचारी वर्ष उत्कृष्ट कर्मचारीको रुपमा पुरष्कृत 

प्रमोद आचार्य
दंगीशरण,२७ असार ।
दंगीशरण गाउँपालिकाले आफ्नो गाउँपालिका मातहतमा रहेका विभिन्न कार्यलयहरुमा कार्यरत कर्मचारीहरुलाई सम्मान गरेको छ ।

आज (बुधबार) एक औपचारिक कार्यक्रमको आयोजना गरी नगद २५ हजार,दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरेको हो । आर्थिक वर्ष २०७९/८० मा उत्कृष्ट कार्यसम्पादन गर्ने चार जना कर्मचारी र आर्थिक वर्ष २०७८/७९ मा कार्यसम्पादनमा उत्कृष्ट १ जना गरी पाच जना कर्मचारीलाई पालिकाले सम्मान गरेको हो ।

सम्मान हुनेहरुमा शिक्षा साखा दंगीशरणमा कार्यरत प्राविधिक सहायक उमा केसी,गोल्टाकुरी स्वास्थ्य चौकिमा कार्यरत सि अहेब शोभा कुमारी वलि ,बिरेन्द्र मावि हेकुलिमा कार्यरत निमावि शिक्षक भुबन देबकोटा, दंगीशरण गाउँपालिकाको कार्यालयमा सहयोगीको रुपमा कार्यरत राजु चौधरी र प्राथमिक स्वास्थ्यकेन्द्र बागरमा कार्यरत कार्यालय सहयोगी मन चौधरीलाई पालिकाले वर्ष उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरेको छ ।

सम्मान कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले पुरुष्कार र दण्ड एक अर्कामा अन्तरसम्बन्धित पक्ष रहेकाले पनि सेवा प्रवाहका सवालमा उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई पुरष्कार र सेवा प्रवाहमा ढिलासुस्ती,आफ्नो काम कर्तव्य प्रती निस्ठा र इमान्दारीता बोध नगर्ने कर्मचारीलाई दण्ड समेत दिइने बताउनुभयो ।


कर्मचारी र जनप्रतिनिधि सधै समन्वयात्मक तवरले अगाडी बढ्नुपर्ने र समुन्नत दंगीशरणको अभियानमा सबै एक ढिक्का भई अगाडी बढ्नुको विकल्प नभएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै पालिका उपाध्यक्ष पिमा वलि खड्काले आज पाच जना कर्मचारी पुरष्कृत भएतापनि अन्य कर्मचरीपनि पुरष्कृत हुनतर्फ लाग्न र कार्य सम्पादनको सवाल उच्च मनोबलका साथ अगाडी बढ्न निर्देशन दिनुभयो ।

यस्तै सम्मान कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत निमराज भट्टराईले उत्कृष्ट कर्मचारीहरु छनोटका सुचकहरु तयार गरी वर्षभरीमा उहाँहरुले गरेको कार्यसम्पादनको आधार बनाइ छनोट गरीएको जानकारी दिनुभयो । कार्यक्रमको सहजीकरण गाउँपालिकाका सुचना अधिकारी टेक बहादुर खत्रीले गर्नुभएको थियो ।