दाङ
७ असोज / दाङमा १२ जना जुवाडेलाई प्रहरीले प्रक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ पुरानो बसपार्क स्वर्गद्धारी टोलमा रहेको परसरा नास्ता तथा खाजाघरबाट एक लाख ३५ हजार नगद र जुवा खेल्न प्रयोग भएको ६ गड्डी तास सहित उनीहरुलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक मोहनजगं बुढथापाका अनुसार रोल्पा रुन्टीगढी गाउँपालिका वडा नम्बर ९ का ३९ वर्षका बालाराम बाठा, वडा नम्बर १ का ३२ वर्षिय नोखलाल गिरी, २९ वर्षका नारायण वली, वडा नम्बर ५ का २० वर्षिय बिराज कवर, वडा नम्बर ९ का ३३ वर्षिय जोख बहादुर कवरलाई पक्राउ गरिएको हो ।
३७ वर्षिय पूर्ण बहादुर कवर, वडा नम्बर १ का ३१ व्र्षिय गजेन्द्र भान वली, ४३ वर्षिय चन्द्र बहादुर वली, वडा नम्बर ९ का ५५ वर्षिय परसरा भण्डारी, वडा नम्बर २ का ५७ वर्षिय बल बहादुर बुढा, २१ व्र्षिय सुरेन्द्र कवर र वडा नम्बर ९ का ३१ व्र्षिय दुर्गा बहादुर कवर रहेको प्रहरी निरीक्षक बुढथापाले जानकारी दिए ।
प्रक्राउ परेका विरुद्ध मुलुकी अपराध सहिता २०७४ को परिच्छेद ५ को दफा १२५ को उपदफा ६ बमोजिम पहिलो पटकलाई ३ महिना सम्म कैद वा तिस हजार जरिवाना र दोस्रो पटकलाई १ वर्ष सम्म कैद र पँचास हजार रुपैँया सम्म जरिवाना हुने कानुनी प्रावधान रहेको उनको भनाई रहेको छ ।
लाइभदाङ । ७ आश्विन २०७८, बिहीबार २१:५७ बजे