लुम्बिनी प्रदेशको बजेट पारीत

दाङ,२० असार ।
लुम्बिनी प्रदेशको बजेट पारीत भएको छ । अर्थमन्त्री धनबहादुर मास्कीले ल्याएको बजेटलाई बुधबार बसेको प्रदेशसभाको दोस्रो अधिवेशनको १८ औं बैठकले पारीत गरेको हो ।

अर्थ मन्त्री मास्कीले लुम्बिनीमा ४० अर्ब ४७ करोड ९७ लाख बजेट बिनियोजन गर्नुभएको थियो । प्रदेशसभामा बजेट बक्तब्य पछिका बैठकमा प्रतिपक्ष एमालेका सांसदहरुले अबरोध गर्दै आएका थिए । तर, मंगलबार साँझ सभामुख तुलाराम घर्तीको रोहबरमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, अर्थमन्त्री मास्कीसहित प्रमुख प्रतिपक्ष दलका सांसदहरुको छलफल पछि एमालेका सांसदहरुले सदनलाई सहज रुपमा चल्न दिएका थिए ।


बुधबारको बैठकमा मुख्यमन्त्री चौधरीले सभालाई सम्बोधन गरेपछि एमालेका सांसदहरुले सदन चल्न दिएका थिए । सदन चलेपछि बिनियोजन विद्येयक र आर्थिक विद्येयकमा छलफल पनि पारीत भएको थियो । त्यो भन्दा अघि राजश्व र व्ययको अनुमान पारीत भएको थियो ।