लुम्बिनीः राजश्व र व्यायको अनुमानमाथि छलफलकालागि प्रस्ताव पेश

देउखुरी, १७ असार ।
लुम्बिनी प्रदेशका अर्थ मन्त्री धनबहादुर मास्कीले आगामी आर्थिक वर्षको राजश्व र व्यायको अनुमान माथि छलफलकालागि प्रदेशसभामा पेश गरेका छन् ।

आईतबार बसेको संसद बैठकमाथि अर्थमन्त्री मास्कीले लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १३२ को उपनियम ३ बमोजिम आगामी आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्यायको वार्षिक अनुमान माथि सैद्धान्तिक छलफल गरियोस् भनि प्रदेशसभामा पेश गरेका हुन् । एमालेका सांसदहरुको विरोधका बीच मन्त्री मास्कीले उक्त प्रस्ताब पेश गरेका हुन् ।


आईतबार पनि एमाले सांसदहरुले खारेज गरिएका निर्देशनालयहरुको फिर्ताको माग गर्दै नाराबाजी गरेका हुन् । संसदमा १५ मिनेट नाराबाजी पछि सभामुख तुलाराम घर्तीले सोमबार दिउसो १ बजेसम्मकालािग बैठक स्थगित गरेका छन् ।

१३ असारमा पनि एमाले सांसदहरुले विरोध जनाएपछि संसद बैठक आइतबारकालागि सारिएको थियो । दिउसो १ बजे बस्ने भनिएको बैठक सवा ३ बजे मात्रै सुरु भएको थियो ।